आइतबार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्रा स्थिर

आर्थिक

काठमाडौं, साउन १५ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २९ पैसा र विक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १० पैसा र विक्रिदर २८ रुपैयाँ २७ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८६ पैसा र विक्रिदर २८ रुपैयाँ ०३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ९० पैसा र विक्रिदर २४ रुपैयाँ ०४ पैसा रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १३ पैसा र विक्रिदर ९ रुपैयाँ १८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ६२ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ६१ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ ३७ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ९६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।