विमान दुर्घटना : ग्राण्डीका चार घाइतेको अवस्था यस्तो छ

समाचार

काठमाडौँ — दुर्घटना भएको यूएस बंगलाको विमानबाट उद्धार गरी ग्राण्डी अन्तरर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएका चार जना घाइतेहरु खतरामुक्त अवस्थामा रहेको जनाएको छ ।

फाइल फोटो ।

बिहान ११ बजे अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले दिएको जानकारी अनुसार चारै जना सघन उपचार कक्षमा रहेको भएपनि खतरामुक्त भएको जानकारी अस्पालले प्रेस नोट जारी गरी जनाएको हो।

अस्पतालका अनुसार किशोर त्रिपाठीको काँधको हड्डी भाँचिएको र छुट्टिएको तथा केही घाउहरु पनि भएकाले अप्रेसन गरिएको जनाएको छ।त्यसैगरी अर्का बिरामी दयाराम ताम्रकारको फोहर अवस्थामा रहेको घाउ सफा गरिएको ड्रिब्रिमेन्ड गरेर सिलाईको जनाएको छ।

घाइते हरिप्रसाद सुबेदीको सोमबार नै अपरेशन गरिसकिएको, अनुहारमा घाउहरु र दायाँ टिबिया अर्थात नली खुट्टाको हड्डी भाँचिएको र दाहिने गोडाको गोलीगाठो अर्थात एंकल भाचिएको उल्लेख गरिएको छ।

बिनोद राज पौडेलको भने दुबै फोक्सोमा हाबा र रगत भरिएको जनाएको छ। उनलाई थोरासिक ट्युब चेष्ट ट्युब राखेर स्ट्यावल बनाइएको अस्पतालले जनाएको छ। सोमबार अक्सिजन ८० प्रतिशत दिनु परेकोमा मंगलबार ६० प्रतिशत अक्सिजनले पुगेको जनाइएको छ।

from .kantipurdaily.com