मन्त्री लालबाबु पण्डितको यस्तो चेतावनीले प्रधानमन्त्री कार्यालय हल्लियो !

राजनीति

काठमाडौं, २९ फागुन ।

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले प्लाष्टिकका झोलाको उत्पादन र वितरण बन्द गर्ने चेतावनी दिएका छन् ।

मन्त्रालय पुगेको नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ नेतृत्वको टोलीसँग मन्त्री पण्डितले वातावरण प्रदूषण न्यूनिकरण गरी स्वच्छ राख्न प्लाष्टिकका झोला उत्पादन गर्ने उद्योग नै बन्द गर्ने बताएका हुन् ।

भेटमा वातावरणीय प्रदुषणलाई न्यून गर्न उच्च गुणस्तरीय डिजेललगायत पेट्रोलियम पदार्थ हुनपर्ने तथा सडक निर्माण उच्च गुणस्तरको हुनुपर्ने र २० वर्षभन्दा पुराना ठूला भाडाका तथा निजी पर्यटकीय तथा सरकारी गाडीहरु बिस्थापन गर्नुपर्ने बिषयमा छलफल भएको थियो ।

उक्त अवसरमा मन्त्री पण्डितले वातावरण प्रदुषण नियन्त्रण गर्न निजी क्षेत्रको भूमिका उच्च रहेको भन्दै सडकलाइ स्वच्छ राख्न सवै व्यवसायीहरुलाई सडकमा फोहर नफाली फोहर राख्ने वाल्टीनमा राख्न सन्देश सम्प्रेषण गर्नुपर्ने बताएका थिए ।

चेम्वरका अध्यक्ष श्रेष्ठले वातावरणीय समस्याहरुका कारण जनजीवनमा परेको प्रभाववारे चर्चा गर्दै धुँवा धुलोका कारण काठमाडौमा पैदल यात्रा गर्न समेत कठिनाइ भएको र सडक किनारामा रहेका व्यवसाय र व्यवसायीहरुको अवस्था दयनीय भएको बताए । यसको दीर्घकालीन समस्या समाधान खोजिनु आवश्यक भएको उनले बताए ।

यसैबीच मन्त्री पण्डितले प्लाष्टिकका झोलाको उत्पादन र वितरण बन्द गर्ने चेतावनीसँगै प्रधानमन्त्री कार्यालयमा यस बिषयमा कुराकानी चलेकाे छ । प्रधानमन्त्री कार्यालय स्राेतले सञ्चारकेन्द्रलार्इ दिएकाे जानकारी अनुसार प्लाष्टिकका झोलाको उत्पादन बन्द हुन नदिन यसअघि पनि चलखेल भएकाे र अहिले पनि मन्त्री पण्डितले त्याे कुरा उठाएपछि फेरी चलखेल सुरू भएकाे हाे । उद्धोगीहरुको व्यवसाय नै धरापमा अर्ने भन्दै यस्तो चलखेल सुरु भएको स्रोतले बतायो ।

तर मन्त्री पण्डितले भनेअनुसार प्लास्टिकको झोला बन्द गराउने पक्षमा प्रधनमन्त्री ओली पनि सहमत छन् । प्रधानमन्त्री नै पोजेटिभ देखिएपछि अन्य कर्मचारीहरुले चलखेल गरेपनि मन्त्री पण्डितको प्लास्टिकका झोला बन्द गराउने निर्णय कार्यन्वयन हुनसक्ने स्रोतको भनाई छ ।

यसअघि ०७२ भदाैमै सरकारले प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरे पनि अझैसम्म कार्यन्वयन हुन् सकेको छैन । सरकारको उक्त निर्णयले यस पेशा व्यवसायमा आश्रित ३५ हजार भन्दा बढीको रोजगार समेत धरापमा परेको भन्दै व्यवसायीहरूले विरोध गरेका थिए ।

सरकारले विना विकल्प व्यवसायीसँग छलफल र संवाद नै नगरी प्लाष्टिकका झोला प्रयोगमा लगाएको प्रतिबन्धितको निर्णयमा आफुहरु असहमत रहेको उद्योगीहरुले बताएका थिए। वातावरण मन्त्रालयले वातावरण प्रदुषण फैलाउन प्लाष्टिकका झोलाको अहम् भूमिका रहेको भन्दै वैशाख १ गतेदेखि प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको थियो। तर वैशाख १२ गतेको भूकम्पपछि भने सरकारले ३ महिनाका लागि छुट दिएको थियो।

from sancharkendra.com