बिरामीको काटिएको खुट्टालाई नै डाक्टरले बिरामीको सिरानी बनाइएपछि…

रोचक

एजेन्सी । भारतको उत्तर प्रदेशमा चिकित्सकहरूको चरम लापरबाहीका कारण एक बिरामीले आफ्नो काटिएको खुट्टालाई सिरानी बनाउन बाध्य भएका छन्। झाँसीस्थित ‘महारानी लक्ष्मीबाई’ मेडिकल कलेजमा उपचार गराउन पुगेका एक युवकप्रति चिकित्सकहरुले यस्तो चरम लापरबाही गरेको हो ।

सडक दुर्घटनामा घाइते भएका एक युवकलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो। चिकित्सकहरूले घाइते व्यक्तिको गम्भीरता हेरेर उनको बायाँ खुट्टा काटेका थिए। तर, उनीहरूले काटिएको त्यही खुट्टालाई बिरामीका लागि टाउको उठाउन सिरानी बनाइदिए। घटना गत शुक्रबार मात्र सार्वजनिक भएको थियो।

मेडिकल कलेजका अर्थोपेडिक्स चिकित्सक आलोक अग्रवालसहित इएमओ डा महेन्द्र पाल सिंह, नर्सिङ इन्चार्ज दीपा नारङ तथा शशी श्रीवास्तवलाई तत्काल निलम्बन गरेका छन्। सरकारी प्रवक्ताले यो घटनाको पूर्ण जाँच हुने र दोषीमाथि कडा कारबाही गरिने जानकारी दिए।

अस्पतालमा उपस्थित यो घटनाबाट घाइते व्यक्तिका बहिनी ज्वाइँ जानकी प्रसाद देखेका बताए । उनले चिकित्सकलाई धेरै पटक आफूले टाउकोबाट काटिएको खुट्टा हटाउन आग्रह गरेको बताए। तर, चिकित्सकहरूले आफ्नो आग्रह अस्विकार नगरेको उनको भनाई छ। ‘करिब दुई घन्टासम्म खुट्टा टाउकोमा राखियो। हामीले सिरानी दिएपछि मात्र उनीहरूले खुट्टा निकालेका थिए’, उनले भने।

मेडिकल कलेजका प्रधानाध्यापक साधना कौशिशले यस विषयमा स्पष्टीकरण दिँदै भनिन्, ‘बिरामीको खुट्टा काटिएको थियो र उनको अवस्था निकै गम्भीर थियो। चिकित्सकहरू तुरुन्त उनको उपचारमा लागे। हामीले यो घटनाको जाँचबुझका लागि एउटा कमिटी गठन गरेका छौं। कुनै कर्मचारी दोषी पाइएको खण्डमा कारबाही हुनेछ।’

from emechi.com